सहकारी पीडितहरुले तेस्रो चरणको आन्दोलन गर्ने

काठमाडौँ ।  सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीहरूले सरकारले कुनै पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । महासंघका अध्यक्ष कुश्लभ केसीले सरकारले आफूहरूसँग गरिएका सबै सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए।

केसीका अनुसार जेठ ११ गते बिहान ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु गरिने र रिले अनशन पनि सुरु हुनेछ। सहकारी पीडितहरूको माग पूरा नभएसम्म आन्दोलन देशभर सशक्त रूपमा अगाडि बढ्ने जनाइएको छ । उनले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरिएपनि अहिलेसम्म कार्यान्वयन नभएको आरोप लगाए।

महासंघले सहकारी पीडितहरूलाई न्याय नदिए देशभरका सहकारी पीडितहरूले आगामी निर्वाचनमा मतदान बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

बुधबार, ०९ जेठ, २०८१, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर