काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सिंहदरबार,पार्टी कार्यालय तथा नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
सोमबार प्रमुख बालेनले फेसबूकमा एक स्टाटस लेखेर उक्त चेतावनी दिएका हुन् ।
फोहोर बोक्ने चार जना चालकलाई पक्राउ गरिएकाले उनीहरू रिहा नभए फोहोर नउठाउने उनले चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म स(सम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबारलगायत सबै पार्टी कार्यालयको तथा नेताहरूको घरको फोहोर उठ्दैन । को(को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छाडिँदैन ।’
बन्चरेडाँडामा फोहोर बोकेर जाने गाडीमा अवरोध भएपछि फोहोर बोकेका गाडी कोटेश्वर क्षेत्रमा पार्किङ गरेर राखिएकोमा ट्राफिक प्रहरीले ती गाडीका चालकहरूलाई नियन्त्रणमा लिएपछि मेयर आक्रोसित भएका हुन ।