एजेन्सी । भारतको कश्मीरमा सरकारी सेना र विद्रोहीबीच भिडन्त भएको छ । आइतबार भएको दोहोरो भिडन्तमा भारतीय सेनाका कर्नेलसहित ५ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
बिद्रोहीहरु लुकेर बसेको सूचना पाएर उनीहरुको खोजीमा गएको सुरक्षा टोलीसँग दोहोरो भिडन्त भएको हो । टाइम्स अफ इन्डियाका अनुसार कर्नेल आशुतोष शर्मा, मेजर अनुज सुद लगायत सैनिकहरु मारिएका छन् । घटनामा जम्मु–कश्मीर प्रहरीका उपनिरीक्षक सकिल क्वाजीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भिडन्तमा लस्कर–ए–तइवाका कमान्डर हैदरसहित दुई जना विद्रोही मारिएका छन् ।