हर्कले पनि गरे राष्ट्रियसभा निर्वाचन मतदान बहिस्कार

विराटनगर । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।

राजधानी विराटनगरमा मतदान जारी रहेको छ । अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।

यसअघि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । हे

बालेनले पनि कार्यव्यस्तताको कारण देखाउँदै मतदान बहिस्कार गरेका हुन् ।बालेन र हर्क गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट पालिका प्रमुखमा निर्वाचित भएका थिए ।

 

बिहिबार, ११ माघ, २०८०, दिउँसोको ०१:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर