काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिन युगान्डा पुगेका उनी आज स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छन् ।
उनी युगान्डाबाट नेपाली समयानुसार आज बिहान २ ४५ बजे कतारको दोहा अवतरण गरेका थिए । .प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बिहीबार युगान्डा प्रस्थान गरेका थिए ।