विराटनगर । मातृ बियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी बियोग परेको छ ।
मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ बर्सको उमेरमा बिहिबार राती निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराईरहनुभएकी लिम्बूको घरैमा निधन भएको हो ।
शुक्रवार बिहान १० बजे स्थानिय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिनुभयो ।
लिम्बूको १ छोरी र १ छोरा हुनुहुन्छ । मन्त्री लिम्बूकी सासुआमाको गत बर्ष निधन भएको थियो । केही महिना अघि आफ्नी आमाको समेत निधन भएको थियो ।