विराटनगर। कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु हुँदा ६ लाख ४७ हजार बढि उपचारपछि निको भएका छन् ।
कोरोनाबारेको तथ्यांक राखिरहेको वल्र्डमिटर डट इन्फोको अनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । २४ लाख ८१ हजार ५ सय बढि संक्रमित भएकोमा ६ लाख ४७ हजार ७४४ जना उपचारपछि ठिक भएका छन् ।
भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या ७ लाख ९२ हजार ९ सय पुगेको छ ।
न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ५३ हजार एक सय ९१ जना रहेको छ ।
अमेरिकापछि इटालीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ पुगेको छ । यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् ।
फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ । बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।