विराटनगर । कोरोना मामारीबाट विश्वभर सङ्क्रमित हुनेहरुको संख्या २२ लाख ५० हजार नाघेको छ । शनिबार बिहानसम्म २२ लाख ५० हजार ४०५ जना व्यक्ति सङ्क्रमित भइसकेका छन् । सङ्क्रमणका कारण १ लाख ५४ हजार २४५ जनाको मृत्यु भएको छ ।
शुक्रबार अमेरिकामा २५ सय ३५ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेहरुको संख्या ३७ हजार १५४ जना पुगेको छ । अमेरिकामा सङ्क्रमितको संख्या ७ लाख ९ हजार ७३५ पुगेको छ । यो बिहीबारको भन्दा ३२ हजार १ सय ४५ जनाले बढेको छ ।
यस्तै त्यस्तै इटालीमा एकैदिन ५ सय ७५ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार ७ ५ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ ।
उता, बेलायतमा एकैदिन ८४७ जनाको मृत्यु भएपछि त्यहाँ मर्नेहरुको संख्या १४ हजार ५ सय ७६ पुगेको छ । त्यस्तै फ्रान्समा पनि एकैदिन ७६१ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ६ सय ८१ पुगेको छ । यता, चीनमा संशोधित तथ्याँकअनुसार मृत्यु हुनेको संख्या ४६ सय ३२ पुगेको छ । शुक्रबार मात्र विश्वभर ६ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।