विराटनगर । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २० लाख नाघेको छ । बुधबार मध्यान्ह साढें ११ बजेसम्म विश्वभर २० लाख ६६ जनामा भाइरस सङ्क्रमण भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।
चीनको उहान सहरबाट डिसेम्बर अन्तिममा देखा परेको भाइरस यतिबेला विश्वका २०५ मुलुकमा फैलिएको छ । अहिलेसम्म भाइरस संक्रमणका कारण १ लाख २६ हजार ७५४ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरस संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरे अमेरिकामा छ । अमेरिकामा
अहिलेसम्म २६ हजार ६४ जनाको मृत्यु भएको छ भने त्यहाँ ६ लाख १४ हजार २४६ जनामा संक्रमण फैलिएको छ ।
विश्वभर कोरोना संक्रमणमा परेका ४ लाख ८४ हजार ५९७ जना उपचारपछि निको भएका छन् । अहिले विश्वका १३ लाख ८८ हजार ७१५ जनामा भाइरस संक्रमणका बिरामी छन् ।