लकडाउन पालना गराउन ‘भूत’ प्रयोग !

विराटनगर । विश्वभर महामारीको रुपमा फैलिएको कोनोरा भाइरसको संक्रमण कम गर्ने उपयुक्र विधि लकडाउन अहिले संसारका सबै मुलुकले प्रयोग गरिरहेका छन् ।

इटाली अमेरिकासहित मुलुकमा समयमा लकडाउन नहुँदा र लकडाउन पालना नहुँदा संक्रमण ह्वात्तै बढेको रिपोर्ट आइरहँदा लकडाउन उल्लंघनका घटना पनि सबैतिर भइरहेका छन् ।

उत्तरी छिमेकी चीनले लकडाउनकै सहायताले कोरोना नियन्त्रण गर्दै लगेकोले यसको पालना अनिवार्य मानिएको छ । लकडाउन पालना गराउन कतिपय मुलुकले कफ्र्यु नै घोषणा गरेका छन् भने कतिपय मुलुकमा लकडाउन तोड्नेलाई भारी जरिवाना तोकिएको छ ।

इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालिएको छ । गाउँमा सेता भूतहरु सडकमा देखिन थालेपछि नागरिकहरु घरभित्रै बसेका छन् ।

द साउथ चाइना मर्निङ पोष्टका अनुसार जाभा टापुमा अन्धविश्वास मान्ने मानिसरुलाई घरमा नै राख्न स्वयंसेवकहरुलाई भूतको रुपमा परिचालन गरिएको हो । प्रहरीसँग मिलेर यो योजना ल्याइएको गाउँको युवा समूहका प्रमुख अन्जर पंकानिङटिएस बताउँछन् । भुत देखाएर मानिसलाई घरबाट निस्किन डर देखाउने गरेको छ ।

यो भूत सेतो कपडाले बेरिएको, अनुहारमा पाउडर दलेको र कैलो किसिमको आँखा भएको हुने विश्वास गरिन्छ । इन्डोनेसियामा चार हजार पाँच सयभन्दा बढीमा संक्रमण भएको छ भने ३९९ जनाको मृत्यु भएको छ ।

विज्ञहरुले कोरोना भाइरसका कारण मुलुकभर संक्रमितको संख्या १५ लाख नाघ्नसक्ने र उनीहरु मध्ये एक लाख ४० हजारभन्दा धेरै मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिइसकेको छन् । तर, धेरैले अझै सामाजिक दूरी कायम गर्न मानिरहहेका छैनन् ।

केपुहमा अपनाइएको जुक्तिले भने काम गरेको छ । मानिसहरु साँझको प्रार्थना सकेपछि आफ्ना बालबालिकालाई घरभित्रै राख्न थालेको स्थानीय कर्नो सुपाडमा बताउँछन् । बीबीसी 

मङ्गलबार, ०२ बैशाख, २०७७, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर