काठमाण्डौ । कोरोना अमेरिकाद्वारा उत्पादित जैविक हतियार भएको रुसी बैज्ञानिकले दावी गरेका छन् ।
अमेरिकाले यसका अरु रुपान्तरित संस्करण पनि उत्पादन गरेको रुसी वैज्ञानिकको दावी छ ।
‘कोरोना राजनीतिले विश्वमा अकल्पनीय उथलपुथल ल्याउने कुरा निश्चित छ, गोराहरुको श्रेष्ठता र अमेरिका प्रमुखको कुन्ठाले पश्चिमाहरुलाई पाताल भास्दैछ ।’ राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्नानका जैविक तथा र रासयनिक हतियार सम्बन्धी सल्लाहकार रहिसकेका रुसी बैज्ञानिक इग्नोर निकुलिनले कोरोना प्राकृतिक भाईरस नभएर अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको दाबी गरेका हुन् ।
निकुलिनका अनुसार यो भाईरस अमेरिकामा उत्पादन गरेर चीनमा छोडिएको हो । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणितीय रुपमा फरबरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविष्यवाणी गर्नु, भाईरसले फरक–फरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकी लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मार्नु, एकपटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमण हुनु जस्ता कुराहरुले यो भाईरस प्राकृतिक नभएको पुष्टि हुने उनको दाबी छ ।
निकुलिनको दाबी छ कि यो चीनलाई लक्षित गरेर बनाइएको र यसको असर अमेरिकामासम्म आइपुग्ने सोंच नबनाएको कारणले अमेरिका आफैले उत्पादन गरेको हतियारको शिकार भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमा भाईरसले पुर्याउन सक्ने क्षतिका बारेमा विश्व स्वास्थ्य संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उनी यो भाईरसले अमेरिकामा असर गर्दैन भन्नेमा ढुक्क रहेको पुष्टि हुने उनको भनाइ छ ।
चीन एकदमैं अनुशासित र दृढ संकल्पित देश नभएको भए यो आक्रमणबाट स्वाहा हुनेथियो भन्ने निकुलिनको दाबी छ । सिआईएले सन् २०१५ मा तयार पारेको रिपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र त्यो चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणाी गरिएको छ । रिपोर्टमा महामारीपछि सन् २०२५ तिरको विश्वको तस्बिर प्रस्तुत गरिएको छ । आर्थिकबाट