स्नेहा खरेल
नेपाल अनेकतामा एकताको अद्भूत संगम भएको मुलुक हो जहाँ अनेक धर्म, भाषा, जाति,सम्प्रदायका मानिसहरु एउटै मालामा विभिन्न फूल गाँसिएसरी रहेका छन् । यहाँकाहरेक जाति धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक सम्पत्ति छ । जो विभिन्नचाडपर्वको रूपलिएर हाम्रो समाजमा चलन चल्तीमा रहेको हाम्रो सामाजिक विभिन्नतालाई पनि चाड पर्वहरूले एकाकार गरेको छ । यो शिलशीला वर्षभरी नैचलिरहेको हुन्छ ।
हिन्दु धर्मको बहुलता रहेको विभिन्न जाति र भाषाभाषीको बसोबास रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्वहरू परिरहेका हुन्छन् । किन मनाइन्छ त चाडपर्व ? चाडपर्वका सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ ।सामाजिक महत्व चाडपर्व पारिवारिक वा सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने सेतु हो । यस्तै जीवनरूपी उकालीओरालीको बीच आउने चौतारी हुन् चाडपर्व । उकाली चढ्दा वा ओराली झर्दा लागेको थकाइ मेट्न चौतारी सहायक भएजस्तै मानिसको व्यस्तताबीच आउने चाडपर्वले चौतारीकै काम गर्छन् । चाडपर्वका अवसरमा घरका सदस्य वा आफन्त एकै ठाउँमा भेला हुने खानपान, मनोरञ्जन गर्दै सुखदुःख बाँड्ने चलन छ । वर्ष दिनसम्म टाढा रहे पनि दशैँमा घर जाने बाबुआमा वा मान्यजनको आशीर्वाद थाप्नेजस्ता कार्य नेपालीहरूको वर्षाैँदेखिको परम्परा हो । तिहारलाई बिहावारी गरेर टाढा भएका दिदीबहिनी र दाजुभाइबीच मिलन हुने आत्मीयता बढ्ने पर्व मानिन्छ । हाम्रा प्रत्येक चाड पर्वहरु मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तरनिहित उदेश्य हुन्छ । त्यसको महत्व युगांै युगदेखि जस्ताको त्यस्तै रहदै आएको छ ।
ती चाड तथापर्वहरूको अध्ययनले हामी हाम्रो, समाज र हाम्रा सामाजिकताको झलकलाई प्राचिन कालदेखि डोहो¥याएर ल्याएको छ । नेपाली समाज, नेपाली राष्ट्रिय एकता र अखण्डताको समृद्धिका लागि ती चाड पर्वहरु महत्वपूर्ण खाँबोको रुपमा रहेका छन् । त्यसकारण यी हाम्रा संस्कृतिक सम्पत्ति भई हाम्रो धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक मेरुदण्ड बनेका छन् । यी सबै हामी नेपालीहरूको गौरवको रूपमा उभिएका छन् । हामीमा मानवीय चरित्र निर्माण गराउनुमा यी चाडपर्वहरुको ठूलो योगदान छ । तर, हिजोआज चाडपर्वसँगै भित्रिएको आधुनिकीकरणले भने हाम्रो समाजमा हजारौं प्रश्नहरु खडा गरेको छ । यही आधुनिकीकरणले हाम्रो समाजलाई बाँडेको छ । हुन त आधुनिकीकरण नराम्रो हैन । पश्चिमी समाजवाट भित्रिएको यसका राम्रा पाटाहरु पनि छन् । तर, हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा यसको सही सदुपयोग हुन सकेको छैन । जहाँ परापूर्व कालमा चाडपर्वले एकता, विश्वास, मेलमिलाप, भाइचारा दुःखलाई समेटेको थियो । आज आधुनिकताका नाममा भइरहेको भ्रष्टीकरणले पारिवारिक सुख होइन विद्वेश पैदा गराउने काम पनि गरिरहेको छ । समाजमा झगडा, रिसराग, काटमार, देखावटी, बनावटी जस्ता कुराहरु बढेका छन् । आपसमा सद्भाव होइन इषर््या गर्ने प्रवृत्तिले विस्तारै चाडपर्वहरुले सुखको होइन दुःखको अनुभूति गराउन थालेको छ ।
हाम्रो देशमा विभिन्न समुदाय र वर्गका मानिसहरु बसोवास गर्ने गर्छन् । धनी, गरिब, उच्च , मध्ययम भनि छुट्याइदिएका छन् । समाजमा दखिएको यही वर्गले नै चाडपर्वलाई पनि छुट्टयाएको छ । कोही एउटै चाडलाई एक महिनादेखि मनाइरहेका हुन्छन् भने कोही त्यही एकदिन पनि मनाउन नसक्ने अवस्थामा छन् । हुन त हरेक चाडपर्वको आ–आफ्नै दिन, मिति समय र नियमहरू छन् । तर, यही आधुनिकीकरणले मिति, समय र चाडपर्वका नियमलाई नसकिने गरी अल्मल्याएको छ । उदाहरणका लागि तीजलाई लिन सक्छौं । तीज भन्ने बित्तिकै परापूर्व कालदेखी मनाइँदै आइरहेको पर्व भन्ने बुझिन्छ । विवाह गरेर गएका छोरीचेलीलाई माइतमा ल्याएर एक दिन मीठो मसिनो खुवाउने, नयाँ लुगा लगाइदिने र दिनरात घरमा बुहारी भएर काम गरिरहनु पर्ने छोरीचेलीलाई आराम दिनु यो पर्वको विशेषता भएको विगत इतिहास छ । हुन पनि परापूर्वकालमा छोरीचेली, बुहारी भएपछि अपहेलना, कुटीपट, यातना, तनाव, सँधै गधाजस्तै काममा जोतिनुपर्ने अवस्था थियो । वर्षभरि यसरी बिताएका ती चेलीहरुलाई एक दिनको आराम, भोजन र स्नेह दिने उदेश्यले पर्व सुरु भएको थियो ।
जुन दिनलाई चेलीले वर्षभरी नै पर्खिएर बसेकी हुन्थिन् । हिजोआज यही एक दिने पर्व एक महिना अघिदेखि मनाउन थालिएको छ । दरखाने निह्ुँमा होटल , पार्टी प्यालेस रङ्गीन थालेका छन् । पैसालाई कागजसरी उडाउन थालिएको छ । कसले बढी खानाका भेराइटी खुवाउने, गहना र बढी दामका साडी कसका छन् भन्ने होडबाजी चल्न थालेको छ । कपालमा विभिन्न रंग दलेर कालो कपालकै अस्तित्व हराउने गरी दिदीबहिनी मात्र नभई दाजुभाइहरु पनि बिचबिचमा नाच्न र खान थालेका छन् । यो उदाहरण मात्र हो । होली, दसैं लगायत चाडपर्वहरुको अस्तित्व हराउँदै गइरहेको छ । अहिलेका बाल बालिकाले चाडपर्वको नाम थाहा पाउँदैनन्, चाडपर्वले बोकेको महत्व र सन्देश थाहा पाउँदैनन् । यो सब चाडपर्वसँग भित्रिएको आधुनिकीकरणको नतिजा हो । यस्तो लाग्न थालेको छ कि सबै चाडपर्वको उद्देश्य केवल खानु, नाच्नु, देखाउनु, हराउनु र गुमाउनु हो ।
हरेक चिजको आ–आफनो महत्व हुन्छ । आधुनिकीकरण पनि नराम्रो हैन तर हामीले यसलाई बुझ्न नसक्दा आधुनिकीकरणले प्रगति भन्दा दुर्गतिमा सीमित हुनु परेको छ । त्यसैले चाडपर्वलाई चाडपर्वले बोकेको अस्तित्व, उदेश्य र महत्वअनुसार मनाउनु पर्छ । चाड पर्वसँग भित्रिएको आधुनिकीकरणको पछि लागेर आफ्नो अस्तित्वलाई धरापमा नपारौं । आफ्नो अवस्था र उद्देश्यप्रति प्रष्ट हौँ र आधुनिकीकरणको नाममा होश हराए जस्तो भएर नबनौं । आफ्ना सन्तानलाई चाडवाड र पर्वको सही महत्व सिकाउँ ।