विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड–१९ संक्रमण देखिएको छ ।
पछिल्लो समय कोभिड फैलिने क्रम बढिरहेका बेला मधेश प्रदेश घुमेर आएका कोइरालालाई कोभिड देखिएको हो । ज्वरो आएपछि उनी जँचाउन काठमाडौं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए ।
बिहान ५ बजे अस्पताल लगेर जँचाउँदा कोइरालालाई कोभिड पोजेटिभ देखिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । ग्राण्डीमा नै आरटी पीसीआर चेकका क्रममा कोइरालालाई कोभिड संक्रमण देखिएको हो । उनलाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ । थपलियाका अनुसार कोइरालाको स्वास्थ्य सामान्य छ ।
कोइराला शनिबार विराटनगरको आउने तयारीमा थिए । तर, अचानक स्वास्थ्यमा समस्या देखिएपछि जँचाउँदा कोभिड देखिएको हो ।