विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई आफ्नै पार्टीका नेताले हातपात गरेका छन् ।
जनता समाजवादी पार्टी जसपाका नेता समेत रहेका श्रेष्ठलाई सोही पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले हातपात गरेका हुन् ।
आफ्नो क्षेत्रमा बजेट नपारिदिएको भन्दै यादवले सिंहदरबारस्थित मन्त्रीकै कार्यकक्षमा आएर हातपात गरेको स्रोतले दाबी गर्यो ।यादव बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
स्रोतका अनुसार यादवले हातपात गरेपछि पीएसओ नै आएर छुटाएका थिए । त्यसपछि प्रहरी समेत बोलाइएको स्रोतको दाबी छ ।
घटनास्थलमै रहेका निलम्बित सांसद हरिनारायण रौनियारले पनि तनाव भएको स्वीकारे । तर, उनले विस्तृतमा खुलाउन चाहेनन् ।