विराटनगर । कोरोना संक्रमण फैलने त्रास बढेपछि प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या ४ सय ७७ पुगेको छ ।
शुक्रबार दिउँसोसम्मको तथ्यांक अनुसार होम क्वारेन्टाइन र प्रदेशका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा बस्नेको संख्या ४ सय ७७ पुगेको हो ।
प्रादेशिक आपतकालीन कार्यसन्चालन केन्द्र, प्रदेश नम्बर १ का अनुसार प्रदेश १ को ६३ स्थानमा १५४३ बेडको क्वारेन्टाइन निर्माण भएको छ । ती क्वारेन्टाइनमा २ सय ७७ जना र होम क्वारेन्टाइनमा २ सय जना बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेहरु बैदेशिक रोजगारीबाट फर्किएका र फर्किएकाहरुको परिवारका सदस्यहरु छन् ।
त्यस्तै प्रदेशमा ९ जना आइसोलेसन वार्डमा भर्ना भएका छन् । ३ महिला र ९ पुरुष आइसोलेसनमा बसेका हुन् । प्रदेश १ मा २ सय ४४ बेडेको आइसोलेसन वार्ड र १३९ बेडको आइसियू तयारी अवस्थामा रहेको प्रदेश सरकारले बताएको छ ।