विराटनगरमा चोरको बिगबिगी : सटर फोडेर शनिमन्दिरचौकको मोवाइल पसलमा चोरी

विराटनगर । विराटनगर – ७ शनिमन्दिर चौक अगाडीको एक मोवाइल पसलमा चोरी भएको छ । गएराती चावी तोडेर रामकुमार राईले संचालन गरेको कोमल मोवाइल टे«डसदेखि ५० भन्दा बढी मोवाइल चोरी भएको हो । पसलमा राखिएको ५० भन्दा बढी ब्रान्डेट मोवाइलहरू चोरी भएको उनले बताए ।

‘पसलमा राखिएको १५ हजार भन्दा माथिका ५० हजारसम्म पर्ने मोवाइल चोरी भएको छ,’ संचालक राईले भने, ‘शनिबार पसल बन्द गरेर घर गएको थिए । बिहान एक्कासी मोवाइल पसल चोरी भयो भनेर खबर पाएलगतै पसल आउँदा ¥याकमा राखिएको मोवाइलहरू छैन ।’ संचालक राईको अनुसार पसलमा राखिएको साढे ८ हजार रुपैयाँ चोरेले लगेको बताए ।

मोवाइल पसलसँगै नजिक रहेको किराना पसल चोरी गरेपछि कोमल मोवाइल टे«डसमा रहेको मोवाइलहरू चोरी गरेको देखिएको छ । शिवु सरकारले संचालन गरेको किराना पसलदेखि १५ हजार रुपैयाँ र अन्य किरानाका सामानहरु पनि चोरी गरेको उनले बताए ।

यसअघि पनि विराटनगर–९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भएको थियो । सटरको ताला फुटाएर शुक्रबार राती पसलमा चोरी भएको प्रहरीले जनाएको छ । पसलबाट झण्डै १ लाख मुल्य बढीका डेढ दर्जन बढी स्मार्टफोनहरु चोरी भएका थियो । ग्राहकले बनाउन दिएका मोबाईलहरु पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताएका छन् ।

हिमालय रोडमा अवस्थित उक्त पसलमा गतवर्ष असारमा पनि चोरी भएको थियो । पसलको देब्रेतिर रहेको सटर काटेर चोरहरुले झण्डै १७ लाख मुल्य बराबरको ५० वटाभन्दा बढी स्मार्टफोनहरु चोरी गरि लगेका थिए । प्रहरीले चोरीको मोबाईल खरिद गर्ने २ जनालाई पक्राउ गरि मात्र ३ वटा फोन बरामद गरेको थियो । तर, चोरीमा संलग्नहरु भने हालसम्म पनि पक्राउ परेका छैनन् ।

यसअघि पनि विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउबाटै हातहतियार सहित आएका ३ जनाको समुहले कोटेक्स ट्रेडिङको एक गार्मेन्ट पसल लुटपाट गरेका थिए । पेस्तोल सहित आएका उनीहरुले १२ हजार नगद र ४ वटा मोबाईल लुटेर लगेका थिए । लुटपाटमा संलग्न सोही समुहले मोरङको धनपालथान–४ स्थित कर्सिया बजारको सिटिजन्स बैंक समेत लुटेका थिए । उक्त लुट प्रकरणमा संलग्न ९ जनामध्ये मुख्य योजनाकार सहित ४ जनालाई प्रहरी पक्राउ गरिसकेको छ । तर, बाँकी ५ जना अझैपनि फरार छन् । लुटको रकम भने हालसम्म बरामद गर्न सकिएको छैन ।

आइतबार, ०७ कार्तिक, २०७८, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर