निर्यातमुखी बालीमा जोड : कृषिमन्त्री राना

विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले कृषिमा आधुनिकीकरण गर्दै निर्यातमुखी बालीमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजना गरिएको आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम सार्वजानिकीकरण कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताएका हुन् ।

निर्यातमूलक क्षेत्रमा राज्यले अनुदान दिएर कृषकलाई आधुनिकीकरणसँगै उत्पादन भएको बस्तु निर्यात गरिनुपर्नेमा जोड दिए । आन्तरिक बजारले मात्र नधान्ने भएकोले निर्यातमा पनि जोड दिनुपर्ने उनले बताए । ‘आन्तरिक उत्पादनलाई निर्यातको लागि प्रदेश सरकारले सहजीकरण गरिदिने छ,’ उनले भने, ‘अब कृषकले आधुनिक कृषि प्रणाली अँगाल्नु पर्नेछ ।’

‘अहिले प्रदेशमा दूधमा आत्मनिर्भर भएको छ । दूधमा विविधीकरण गरेर लैजानु पर्नेछ । चिया बाहेक प्रदेशमा कफीको पनि राम्रो छ । यसलाई विश्व बजारमा निर्यात गरिनुपर्ने छ,’ मन्त्री मगरले भने ।

आन्तरिक बजारीकरण, कृषि क्षेत्रमा उत्पादन भएको वस्तुलाई प्रसोसिङ, भण्डारण र योसँगै विदेश निर्यातमा ध्यान दिएर अगाडि बढ्नु पर्ने उनले बताए । ‘आन्तरिक उपात्दन भएको कृषि उत्पादनलाई निर्यातको लागि राज्यले खेल्नुपर्ने भूमिकामा खेल्नेछ । त्यसको लागि नीति निर्माण र प्रक्रिया प्रदेश सरकारले गर्नेछ,’ मन्त्री मगरले भने ।

मन्त्री मगरले कृषि अनुदान दुरुपयोग रोक्न र दुरुपयोग भए कारवाहीको लागि कृषि कानून निर्माणको प्रक्रियामा रहेको जानकारी गराए । ‘कृषि प्रवद्र्धन सम्बन्धी कानून ड्राफ्ट गरेर प्रदेश सभामा गएको छ । छलफल भएर पारित हुन बाँकी छ,’ उनले भने, ‘मन्त्रालयबाट बिनायोजन भएको कृषि अनुदान दुरूपयोग गर्नेलाई कारवाही र अंकुश लगाउन काुनन बन्ने भएको छ । हिउँदे अधिवेशनमा कानुन बनेर आउनेछ ।’

बिहिबार, ३१ असार, २०७८, रातीको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर