पाँचथर । पछिल्लो समय गाउँमा दुध डेरी सन्चालन हुन थालेपछि किसानले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्ने थालेका छ्न् ।
केही वर्षअगाडिबाट ग्रामीण क्षेत्रका हरेक टोलटोलमा उल्लेख्य मात्रामा डेरी संचालन हुन थालेपछि हरेक किसानका घर–घरमा एकदेखि दुई माउ गार्इ भैंसी देखिन थालेका हुन् ।
जिल्लाका हरेक स्थानीय तहका वडा तथा गाउँ टोलमा अहिले आफ्नै व्यक्तिगत लगानी तथा सहकारीमार्फत किसानले डेरी सञ्चालन गरेपछि युवासमेत विदेश पलायन दर रोकिएको पाइन्छ । पछिल्लो समयको कोरोना प्रकोपबाट त झन पशुपालनप्रति किसानको मोह जागेको डेरी सञ्चालक देबेन्द्र खनाल सुनाउँछ्न् ।
फिदिम नगरपालिका ९ मा किसान तेजबहादुर लावतीले घरमा गाइभैंसी मात्र पालेका छैनन् उनी र छिमेकी भक्तबहादुर सिगु मिलेर गाउँमा दूध डेरी संचालक गरेर मनग्गे आम्दानी गरिरहेका छ्न् । उनीहरुले आफू र गाउँका अन्य २५ घर परिवारलाई समेत पशुपालन पेसाबाट आत्मनिर्भर बनाइरहरेका छ्न् ।
महिनाको १ लाख ५० हजार २ लाखसम्मको कारोबार हुने उनीहरुको डेरीमा एक किसान बराबर महिनामा ८ देखि १० हजार रुपैयाँसम्मको ूध सङ्कलन हुने गरेको छ । नियमित रुपमा एक किसान बराबर दिनको ५ सयदेखि १५ सयसम्म क्रिम झर्ने लावती बताउँछ्न् ।
उनि भन्छ्न्, ‘अहिले गाउँका मानिसहरुले घरै पिच्छे दुहुना गाईभैंसी पाल्ने गर्नु भएको छ । गाउँका प्रत्येक घरबाट नै दूध बिक्रीका लागि आउने गरेको छ । हामीले एक सय ग्रम क्रिम बराबर ३८ देखि ४० रुपैयाँसम्म रकम किसानलाई दिने गरेका छौं ।’ पशुपानन गरेर नै किसानहरुले आफ्नो जीवनस्तर माथि उकास्न सकिने सम्भावना रहेको उनको दाबी छ । अहिले ९ नम्बर वडामा मात्र १० वटा डेरी सञ्चालनमा छ्न् ।
मिक्लाजुङ गाउँपालिकाका किसान नरेन्द्र माखिमले गत तीन वर्ष अघिबाट गाउँको डेरीमा दूध बेचेर महिनाको १५ हजारसम्म आम्दानी गरिरहेको सुनाउँछन् । ‘अहिले विदेश जानुभन्दा गाउँमै सुविधा आएकाले यहिँ केही गरौं भनेर लागेको छ,’ उनले भने, ‘दुई माउ दुहुना पालेको छु, पशुपालन गरे दूधबाट मात्र होइन तीनको मलमुत्रबाट कम्पोस्टमल उत्पादन गरी प्रयोग गर्दा बारीबाट समेत राम्रो आम्दानी हुने गरेको छ ।’
हिलिहाङ गाउँपलिकाका किसान भवानीप्रसाद रिजाल विदेश गएर फर्किएर गाउँमा पशुपालन गरि दूध बेचेरै घर खर्च चलाइरहेको कुरा सुनाउँदै गाउँगाउँमा डेरी सञ्चालन गर्ने सञ्चालक र सहकारीलाई धन्यवाद दिन्छ्न् ।
नयाँ पुस्ताले पशुपालनलाई छाड्न लागेको बेला गाउँमा डेरी संचालक भएपछि दङ्ग परेका ८० वर्षीय बुद्ध रणदहादुर तुम्बापो ठ्यौली पारामा भन्छ्न्, ‘पशुलाई पाल्न जान्यो भने यिनी लक्ष्मी हुन्, तर यसलाई स्याहार्न हेलचेक्याइ गरे घर जग्गासमेत उठिबास बनाउँछ्न्, यिनीहरुको पालन पोषणमा विशेष ध्यान पुर्याउनु पर्छ ।’
परम्परागत गोठमै पशुपालन गरिरहेका किसानले आधुनिक गोठ निर्माण भए अझ राम्रो आम्दानी हुने बताउँदै खर्चको अभावमा गुणस्तरीय गोठ बन्न नसकेकोमा भने दुःखेसो गर्छन् ।