विराटनगर । आन्तरिक पर्यटन पुर्नरुत्थान समितिले प्रदेश १ भरिका पर्यटन व्यावसायी र कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
मंगलबार प्रदेश सरकारको सामाजिक विकास मन्त्री उषाकला राईलाई पत्र लेख्दै समितिले यस्तो माग गरेको हो । पर्यटन व्यावसायीहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै समितिका प्रदेश १ संयोजक भबिश श्रेष्ठले यथाशिघ्र खोप उपलब्ध गराउनुको विकल्प नरहेको बताए । पर्यटन व्यावसायीहरु नै संक्रमित भए पर्यटन क्षेत्र पनि धरासायी हुने अवस्थामा पुग्ने समितिको बुझाई छ ।
मंगलबार भने होटल व्यावसायी संघ प्रदेश १, नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स प्रदेश १, होम स्टे एशोसिएशन प्रदेश १, ट्राभल एशोसिएशन अफ झापा, धरान एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स, विराट एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स, प्याराग्लाइडिङ एशोसिएशन धरान, ¥याफ्टिङ एशोसिएशन धरान र ईष्ट्रिम धरान सहितका संघसंस्थाहरुले खोप उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।