नवउद्यमलाई २५ लाखसम्म ऋण दिने घोषणा

काठमाडौं । सरकारले युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्न स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने भएको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप नवउद्यमहरुलाई एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जाको प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।

साथै, यस्ता स्टार्टअप व्यवसाय स्थापना तथा संचालनका लागि सहज बनाउन एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने समेत बजेटले उल्लेख गरेको छ।

 

शनिबार, १५ जेठ, २०७८, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर