बजेटः आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड

काठमाडौं । सरकारले ग्रामिण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि तीन महिना अघि शिलान्यास गरेको ३९६ आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९को बजेट प्रस्तुत गर्दै यो रकम विनियोजन गरेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको ती अस्पताल ५, १० र १५ शय्याका छन्।

यो अस्पताल दुई महिनाभित्र संचालनमा ल्याउने घोषणा समेत सरकारले गरेको छ। यो अस्पताल भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५० अर्ब भन्दा माथि लाग्ने अनुमान छ।

शनिबार, १५ जेठ, २०७८, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर