प्रदेश १ मा १२ घण्टाभित्र सात संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो १२ घण्टामा प्रदेश १ मा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङमा २ जना, सुनसरीमा १ जना र झापामा १ जनाको मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा चार जनाको र एक जनाको बेलबारीमा होम आइसोलेसनमा मृत्यु भएको छ । यस्तै एक जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये दुई जना महिला र पाँच जना पुरुष रहेका छन् । मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक, झापाका एक र सप्तरीका दुई जनाको मृत्यु भएको हो ।

बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक (असइ) उनको बिहान ४ बजेतिर मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

नोबेलमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो । श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गएको उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो ।

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

यसैगरि सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेका बृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतलाले जनाएको छ ।

त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उता झापाको बिएण्डसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । ६ दिनअघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका झापाको शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय बृद्धको मृत्यु भएको हो ।

काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि हेलिकप्टरबाट बिएण्डसी अस्पताल ल्याइएको थियो । मृतकका परिवार सदस्यका अनुसार उनको सोमबार साँझ मृत्यु भएको हो ।

यसैगरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरकिा कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका १, सप्तरीका ५० वर्षीय पुरुष छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएका उनको मंगलबार विहान ५ः१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्य दीर्घरोगी थिए ।

मङ्गलबार, २१ बैशाख, २०७८, दिउँसोको ०१:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर