प्रदेश १ मा २६६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३८ महिला र ४३ पुरुषसहित ८१ जनामा संक्रमण देखिएको छ । यस्तै, बुढीगंगामा ३, पथरीशनिश्चरे र जहदामा २–२, बेलबारी , सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको भद्रपुरमा २४, विर्तामोडमा ११, अर्जुनधारामा ८, मेचीनगर र कनकाईमा ७–७, गौरादहमा ४, बुद्धशान्तिमा ३, हल्दिबारीमा २ र शिवसताक्षी, गौरीगञ्ज, कचनकवल र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३५, इटहरीमा २१, बराहक्षेत्र र इनरुवामा ४–४, रामधुनीमा २, बर्जु र देवानगञ्जमा १–१ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । यसैगरि, इलामको रोङमा ६, उदयपुरको चौदण्डीगढीमा २, बेलका, त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या शनिबारसम्म ३२ हजार ९१७ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार ३८२ पुगेको छ ।

प्रदेशमा शनिबार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १२२ महिला र १४४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

शनिबार, १८ बैशाख, २०७८, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर