विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–३ मा कोरोना संक्रमणबाट तीन दिनको अन्तरमा आमाछोराको मृत्यु भएको छ ।
कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेकी ओझा थरकी ८४ वर्षीय बृद्धाको बुधबार बेलुका मृत्यु भएकोमा शनिबार उनकै छोराको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा कोरोना देखिएकी बृद्धाको होम आइसोलेसनमै मृत्यु भएको थियो । कोरोना संक्रमण देखिएका उनका ६५ वर्षीय छोराको शनिबार कोशी कोडिभ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना देखिएपछि उनलाई सुरुमा मोरङको टंकीस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । थप उपचारको लागि कोशी कोभिडमा सारिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी १६ गते कोशी कोभिड अस्पतालमा भर्ना भएका थिए ।
ओझा परिवारका परिवारका अन्य ५ सदस्य पनि कोरोना संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा रहेको इनरुवा नगरपालिकाले जनाएको छ ।