विराटनगर । खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय समिति विराटनगरको १६ औं साधारणसभाले कृष्णप्रसाद भण्डारी मार्सेलीलाई अध्यक्ष चयन गर्दै १९ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।
साधारणसभाबाट चयन हुनेहरुमा कुल प्रसाद पौडेल उपाध्यक्ष, स्वर्णकान्त दाहाल सचिव, झनकुमारी निरौला दाहाल सहसचिव र फडिन्द्र प्रसाद पराजुली कोषाध्यक्षमा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा हरिप्रसाद घिमिरे, निवास पोखरेल, मोहनप्रसाद दाहाल, खिलानाथ निरौला, मेघनाथ रिजाल, केदारनाथ ढकाल, सिताराम घिमिरे (रमेश), भक्तकुमार सैजु, नरेन्द्र राई, देवराज कटुवाल, बिमला ओझा, दुर्गामणी रेग्मी र संगिता पोखरेल रहनु भएको छ ।
साधरणसभाले रमेश कुमार आचार्य, प्रहलादराज अधिकारी, नारायणप्रसाद पोखरेल, हरि प्रसाद पोखरेल, चिरन कटुवाल, तुलसी प्रसाद घिमिरे र प्रेमप्रसाद घिमिरेलाई आमन्त्रीत सदस्यमा चयन गरेको छ ।
साधरणसभामा प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश १ का न्यायाधिवक्ता चुँडामणी आचार्य, प्रदेश १ का लोकसेवा आयोगका अध्यक्ष उत्तम भट्टराई, पूर्व प्रशासक राम प्रसाद खतिवडा, संस्थाका पूर्व अध्यक्ष माधबप्रसाद कोइरालालगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभाको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै अतिथिहरुले खोटागेहरूले संस्थामा गरेको योगदान र जन्मभूमि खोटाङको विषयमा चर्चा गरेका थिए । साधरणसभामा १०२ वर्षे दिव्यलोका रेग्मी, नारायाणप्रसाद रेग्मी र १०५ वर्षीय कमला भटृराईलाई सम्मान पनि गरिएको थियो ।