विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ कम्युनिष्टहरूको सेल्टल क्षेत्र मानिन्छ । कम्युनिष्ट नेता भरतमोहन अधिकारी, लालबहादुर सुस्लिङ मगर, चण्डी राईलगायतले सो क्षेत्रबाट चुनाव लडे र जिते पनि ।
भूमिगत अवस्थामा मदन भण्डारीको सेल्टर बनेको थियो । त्यहाँका जनताले मदनभण्डारीसँग धेरै साक्षात्कार गरेका छन् । त्यसपछिको माओवादी जनयुद्धको बेला पनि धेरै माओवादी नेताहरुले त्यसक्षेत्रमा सेल्टर बनाए र गतिविधि गरे ।
ति सबै आन्दोलन र संघर्षमा त्यहाँका स्थानीय जनताले सँधैभरी योगदान गरेका छन् । नेताहरुलाई सेल्टर दिने देखि निर्वाचनमा भोट माग्ने र जिताउने काम त्यो क्षेत्रका मानिसहरूले गर्दै आएका छन् । तर, अहिले नेकपामा देखिएको विवाद र आरोप–प्रत्यारोपले त्यहाँका जनतालाई धेरै प्रभावित बनाएको छ ।
आइतबार सो क्षेत्रकी चर्चित नेकपाकी नेतृ देवी काफ्ले (देवी दिदी)को घर पुगेर केही नेताहरुसँग छलफल भयो । छलफलमा देवी दिदीले नेताहरुसमक्ष दर्जनौं प्रश्न राखिन् । पथरी शनिश्चरे वडा नम्बर ६ को नेकपा समिति पार्टी फुट्न नहुने भन्दै कुनै पक्षमा नलाग्ने निर्णय गरेर चुपचाप बसेको छ । त्यहाँ पुग्ने सबै नेकपा नेतालाई एउटै प्रश्न हुन्छ । ‘नेताहरु किन जुटे र किन फुटे ?’
‘पार्टी फुटो भने के गर्छौ ? किन चाहियो अब पार्टी ? फुट्यौं है, हामी आयौं यता भन्नलाई ? एउटा वादी भएर आउला । अर्को प्रतिवादी भएर आउला । हामीले चैं जनतालाई सँधै यहि मात्रै भनिरहने ? अनि तिनका पिल्लर भइरहने ? खबरदार ! मेरो नेतालाई केही भन्देउला । हामी हली गोठाला हौं र ?’, आक्रोशित देवी दिदीले भनिन्, ‘अब खाइसकेका पाइसकेकालाई दिने हो कि ? कतिपटक खाइसके तर कसैको केही पनि छैन रे । कसैसँग जम्मा ३ तोला सुन छ अरे । कसैसँग ३ धुर कि ५ धुर जग्गा छ अरे । माधव जिसँग पनि छैन होला । खड्ग जिसँग पनि छैन होला ।’
माथिका नेताहरुको लडाई र झगडाबारे आजित भएका उनीहरु भन्छन्, ‘हामी पिल्लर भएर, ढाडमा बाकेर माथि पु¥याएका थियौं, अब कसरी बोक्नु के भनेर बोक्नु, भूमिगत कालदेखि त हामीले बोकिरहेकै छौं ।’
देवी काफ्लेको विचारको सम्पादित अंश
निर्वाचन हुनभन्दा अगाडि वृद्धभत्ता ५ हजार बनाउँछु भनेका हुन्, हामीले पनि भन्यौं । त्यो पनि कोरोनाको नाममा भनेर कुन चाहींले सक्दियो । ती सबलाई बाँधेर सप्तकोशीमा हाल्दा के जान्छ ? तिनीहरुलाई फटाई गर्न पठाएको हो त्यहाँ ? की जनताको काम गर्न ? जनताको नाङ्गो आङ छोप्देलान, भोको पेट भर्देलान् भनेर पो पठाएको हो । अहिले त्रिपालको सहारामा जीवन बिताउने असंख्य जनता कतिछन् ? तिनले हिसाब गरेका छन् ? मैैले एक जमानामा भनेको थिएँ, आवास कार्यक्रम ल्याऔं भनेर । बजेट छैन, बजेट छैन भनेर पन्छिए । बजेट छैन भने खोजेर ल्याउनु पर्छ । हामीलाई एउटा उपभोक्ता समितिमा राख्दा पनि पैसा नभएको ठाउँमा राख्दिन्थे । फुक्र्याई फुकर््याई काम लगाउनु पर्यो । काम लिन तँ त छोरो मान्छे होस्सम्म भन्थ्यो मलाई पार्टीले । अहिले तँ तँ अछापे भइस् पो भन्न थाले है । हामीले कति दुःख ग¥यौं होला ? हामीभन्दा धेरै गर्ने पनि पछाडि छन् । हिजोको पार्टी हो नि । मैले त जहिल्यै बोलेको छु ।
१४ पटक कारवाही गर्नेगरी बोल्ने मै हुँ । तर, आज कारबाही गर्न सक्छ ? हिम्मत छ फटाहालाई फटाहा भन्दा कारबाही गर्ने ? म त पीडित हुँ । मलाई ऋषि जि (मोरङका नेकपा अध्यक्ष) ले के भन्नुभयो जिल्ला कमिटी बैठकमा ? व्यक्तिको पिडा बोलेको थिएँ मैले । झुप्रो मरिहेको छ, व्यक्तिको पीडा किन बोल्छ कुनै लठुवाले गर्दा ? मैलै भने, पीडा छ भने कसैले छेक्न सक्दैन बोल्न ।
म कति पीडित छु मलाई थाहा छ नि । नपढेको मान्छे पार्टीलाई चाहिँदैन भने । त्यसोभए क्षतिपूर्ति दिनुप¥यो नि । पार्टीले भनेका भरमा कम्युनिष्ट भइरहेको हुँ नि म । अब भने शिक्षित कार्यकर्ता चाहियो अरे । पैसा भएको कार्यकर्ता चाहियो अरे ।
म पनि पार्टीकै मान्छे हो, म पार्टीमा बसेर योगदान गरेको हो । बोल्दा हत्कडी लगाउँदा पनि आपत्ति छैन । बरु कारबाही भोग्न तयार छु । होईन भने तिनीहरुलाई बाँधेर कारबाही गरेर पार्टी जुटाएर आउनु, १७ किलोको फूलको मालाले स्वागत गर्छु । कसलाई सोधेर पार्टी फुटाएको ? पुगेकै थियो त, खाएकै थियो त । एउटा अध्यक्ष भएको हैसियतमा मासिक लाखौं तलब हुँदा पनि पुगेन ? कहिले ७० करोड, कहिले ७२ करोड त कहिले ७८ करोडको कुरा आउँदा हामीले मागेका छौं र ? खाने बेलामा खाने, भ्रष्टाचार गर्ने अनि पार्टी फुटेपछि फेरि हामीसँग के भनेर आउँछौं ? जनताको दुःख र पीडामा मल्हमपट्टी लगाउनुको साटो किन रमिता देखाएको ?