विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिक समाजको शान्तिपूर्ण मार्चपासमा बर्बरतापूर्ण दमनको भत्र्सना गर्नुभएको छ ।
नेता कोइरालाले मंगलबार ट्वीट गर्दै भन्नुभएको छ ‘देशको माटो निधारमा लगाएर प्रतिगमन विरूद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरे पनि पुग्दैन।’
प्रहरीले सोमबार बालुवाटारमा नागरिक अगुवामाथि लाठीचार्ज र पानीका फोहरा हानेर शान्तिपूर्ण धर्ना गर्ने कार्यक्रम विथोलेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै पशुपतिनाथ मन्दिरमा गरेको संकल्प पूजातर्फ संकेत गर्दै ‘नागरिक आन्दोलनमाथि गरिएको त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मआलोचनाबाट नै’ उहाँले भन्नुभएको छ । नेता कोइरालाले पशुपतिनाथसँग नभई जनतासँग क्षमा माग्न पनि प्रधानमन्त्रीलाई सुझाउनुभएको छ ।