विराटनगर । राष्ट्रिय युवा संघ नेपाल विराटनगर महानगरकमिटिले आज साँझ विराटनगरमा राँके जुलुस निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको विरोधमा युवाहरुले राँके जुलुस निकालेका हुन् । उनीहरुले विराटनगरको ट्राफिक चोकदेखि निकालेको जुलुस जलजलामोडसम्म पुगेको थियो ।
उक्त जुलुको नेतृत्व राष्ट्रिय युवा संघ नेपाल विराटनगरका संयोजक मो. आजम परवेजले गर्नुभएको थियो । राँके जुलुसपछि बुधहाटचौकमा कोणसभा भएको थियो । उक्त कोणसभामा नेकपाका युवा नेता पारुल क्षेत्री लगायतले सम्बोधन गरेका थिए ।