विराटनगर । मोरङको जहदा गाउँपालिका–१ स्थित जनता आधारभुत विद्यालयका छात्रछात्राहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।
बुधबार रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विद्यालयका ४ सय ५० जना छात्रछात्राहरुको निःशुल्क आँखा जाँच गरिएको हो । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको सो शिविरमा डाउनटाउनले कमजोर दृष्टि भएकाहरुलाई चश्मा समेत उपलब्ध गराएको क्लबकी सेक्रेटरी गिरिजा सारडाले जानकारी दिनुभयो ।
रोटरी क्लबले जहदा–१ स्थित सो विद्यालयमा यसअघि पनि करिब ३ सय ५० जना विद्यार्थीहरुलाई न्यानो लत्ताकपडा तथा सरसफाईका सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।