दमक । प्रतिनिधिसभा विघटन गर्ने सरकारको गैरसंबैधानिक कदमका बिरुद्ध नेपाली कांग्रेसले शनिबार झापाको दमकमा बयलगाडासहित प्रदर्शन गरेको छ ।
झापा क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदर्शन गरिएको हो ।
नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट सुरु भएको बिरोध ¥याली दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो । बयलगाडासहित निस्किएको बिरोध ¥याली ठाउँ–ठाउँमा कोणसभा गर्दै नमुना बजार पुगेको थियो ।
कोणसभालाई कांग्रेस पूर्व झापा जिल्ला सभापति पुर्णानन्द शर्मा, पार्टीका महासमिति सदस्यहरु सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डी भण्डारी, नगर सभापती रोशन विष्ट, महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराई प्रसाईं, नगर सभापति मन्धरा पौडेललगायतले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले वर्तमान सरकारले संसद बिघटन गरेर असंबैधानिक काम गरेको भन्दै यसलाई सर्वोच्च अदालतले सच्याउनुपर्ने बताए ।
कांग्रेस नेताहरुले अहिले भ्रष्टाचारले सिमा नाघेको साथै महंगीले नागरिक आक्रान्त भईरहेका बेला जनताको सर्वोच्च थलो संसदनै विघटन भएकोले नागरिकको अधिकारका लागि सडकमा आउनुपर्ने बाध्यता रहेको बताएका थिए ।