पक्षघातको समस्यामा वैकल्पिक चिकित्सा पद्धति प्रभावकारी

विराटनगर । सङ्खुवासभा निवासी ६५ बर्षीय नरविर राई विगत दुई महिनादेखि पक्षधातको समस्याले ग्रसित हुनुहुन्थ्यो ।

आफ्नो दैनिक क्रियाकलाप पनि गर्न नसक्ने उहाँले निको हुने आशा समेत त्यागि सक्नुभएको थियो । तर, विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालको उपचारबाट अहिले उहाँ हिंँडुडुल गर्न सक्ने अवस्थामा पुग्नुभएको छ । अस्पतालले वैकल्पिक चिकित्सा पद्दतिको माध्यमबाट उपचार गरेपछि अहिले उहाँको दैनिकी सहज भएको छ । अस्पतालमा महिनादिन उपचार गराएर स्वास्थ्य लाभ गरेपछि अहिले उहाँको अनुहारमा खुशी छाएको छ ।

प्यारालाइसिसको समस्याबाट थलिनुभएका उहाँले विभिन्न ठाउँहरुमा उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार आएको अनुभुति गर्न सक्नुभएको थिएन । विराटनगरको नोबेल अस्पतालमा भर्ना भएपनि उपचार नभएपछि महिना दिनअघि उहाँ साथीभाईको माध्यमबाट स्पार्क अस्पताल आउनुभएको थियो । अस्पतालको १ महिने उपचार र उचित परामर्शबाट अहिले उहाँको स्वास्थ्य अवस्था दुरुस्त छ । स्पार्कमा फिजियोथेरापी माध्यमबाट उपचार गराएपछि १० दिनमै स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको उहाँको अनुभव छ ।

यस्तै सुनसरीको कालाबन्जर निवासी ४२ बर्षीय गणेश थापा पनि प्राकृतिक चिकित्सा पद्दतिबाट सन्तुष्ट हुनुहुन्छ । उहाँलाई प्यारालाईसिको समस्या थियो तर, स्पार्कमा मात्र १ महिनाको उपचारपछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ । सामान्य हातखुट्टा पनि चलाउन नसक्ने उहाँ अहिले सजिलै हिंँडडुल गर्नसक्ने हुनुभएको छ ।

उहाँहरु दुई जना उदाहरण मात्र हुन् । स्पार्कले यसअघि पनि प्राकृतिक तथा वैकल्पिक उपचार पद्दतिबाट हजारौंको सफल उपचार गरिसकेको छ । अस्पतालले विगत ४ वर्षदेखि ग्रामिण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरि विराटनगरमा फिजियोथेरापी, रिह्याबिटिलेशन र योग तथा प्राकृतिक चिकित्सा पद्दतिको माध्यमबाट बिना साइडईफेक्ट विभिन्न रोगहरुको सफल उपचार गर्दै आएको छ ।

हाडजोर्नी, नशा च्यापिएको, हड्डी खिईएको, गर्धन, ढांँड, कम्मर, घुँडा तथा जोर्नीहरु दुख्ने, बाथ रोग, डिस्क पोल्याप्स र प्यारालाईसिस अस्पतालमा हुने उपचारहरु हुन् । स्पार्कले आफ्नो सेवा प्रवाहको क्षेत्र फराकिलो बनाएसँगै पछिल्लो समय प्रदेश १, प्रदेश २ र भारतको अररियादेखि कटिहारसम्मका बिरामीहरू पनि यसतर्फ आकर्षित हुन थालेका छन्।

विभिन्न स्थानीय तहहरुसँगको सहकार्यमा अस्पतालले पछिल्लो समय ग्रामिण भेगलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्दै आएको छ । विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले बिहीबार मात्रै ५० जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । पाँचौं बार्षिकोत्सवको अवसरमा आयोजित दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा बृहत रक्तदान कार्यक्रमको पहिलो दिन अस्पतालले बिशेषगरि ग्रामीण भेगका बिरामीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

बिहीबार हेर्न नभ्याएका बिरामीहरुको स्वास्थ्य परीक्षण शुक्रबार गरिने अस्पतालले जनाएको छ । शुक्रबार बृहत् रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको अस्पतालका अध्यक्ष रुपेश अधिकारीले बताउनुभयो । उहाँले बिरामीहरुलाई आवश्यक औषधि समेत नि:शुल्क वितरण गरिएको जानकारी दिनुभयो ।

सन्तुलित भोजन र पौष्टिक आहारको अभावमा हाड तथा जोर्नी र नशासम्बन्धि रोग लाग्ने गरेको चिकित्सकहरुको विश्लेषण छ । यस्ता रोगहरूमा वैकल्पिक चिकित्सापद्दति ९० प्रतिशत प्रभावकारी साबित हुने गरेको अस्पतालकी सञ्चालक विद्या भट्टराईले बताउनुभयो ।

यस्ता रोगहरुबाट भने ३० वर्षमाथि उमेर समूहका व्यक्तिहरु बढी प्रभावित हुने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

शुक्रबार, १० पुष, २०७७, बिहानको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर