वाणिज्यको निर्देशन कोशी ग्यासले टेरेन

ग्यास सिलेन्डरको सिलप्याक बलियो नहुँदा उपभोक्ता ठगिए

विराटनगर । गत २० कार्तिकमा विराटनगर–२ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले अटोमा सिलिण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको शिलप्याक सिलिण्डरमा ३ केजी ३ सय ग्राम कम तौल भेटियो । दुई वटा कोशी ग्यासको सिलिण्डर खरिद गरेका उनले शंका लागेर चेकजाँच गर्दा कम तौल रहेको फेला पारेका थिए ।

बर्मा ठगिएको एक महिनापछि इलाका प्रहरी कार्यालय रानी विराटनगरले उपभोक्तालाई कम तौलको ग्यास दिएर ठगी गरेको आरोपमा एक जनालाई मंगलबार पक्राउ ग¥यो । प्रहरीले विराटनगर–१४ का मनिष यादवले सिलिण्डरबाट ग्यास चोरी गरि कम तौल भएको ग्यास बिक्री गरेर उपभोक्तालाई ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

यादवले सञ्चालन गरेको फोटोकपी तथा ग्यास पसलमा एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास सारेर तौल कम गरी बिक्री गरेको प्रहरीले सूचना पाएपछि पक्राउ गरेको थियो । प्रहरीले यादवको पसलबाट ठूलो ग्यास सिलिण्डर ११ थान, सानो ग्यास सिलिण्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान र एयर लिंक गर्ने पाईप १ थान बरामद गरेको छ ।

ग्यास उद्योगले नाम मात्रको प्लाष्टिक ¥यापिङ्ग गरिएको शिलप्याक प्रयोग गर्दा चोरी गर्नेलाई सजिलो हुने र उपभोक्ताहरू ठगिने क्रम बढेको छ । कोशी ग्यासको सिलिण्डरमा राखिएको शिलप्याक कमजोर रहेकोले ग्यास चोरी भइ उपभोक्ता ठगीमा पर्ने गरेको कात्तिक २५ गते मोरङको बुढीगंगा गाउँपालिका–४ निमुवास्थित कोशी ग्यासको उद्योगमा गरेको अनुगमनको क्रममा पुष्टि भएपछि १५ दिनभित्रमा सुधार गर्न वाणिज्य कार्यालयले उद्योगलाई निर्देशन दिएको थियो ।

सिलिण्डरको कमजोर शिलप्याक ¥यापिङ्ग हटाएर मजबुत खालतको ¥यापिङ्ग १५ दिनभित्र गर्न वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले निर्देशन दिएको थियो । तर, निर्देशन दिएको म्इाद मंसिर ११ गते सकिएको छ । तर, कोशी ग्यास उद्योगले सुधार गरेको छैन ।

अहिले बजारमा चोरी गर्नेलाई सजिलो हुने बिगतको जस्तै प्लाष्टिकले ¥यापिङ्ग गरेको शिलप्याक सिलिण्डर नै कोशी ग्यास उद्योगले पठाउने गरेको छ । कोशीको ग्यास खरिद गर्दा उपभोक्ता ठगीमा परेको गुनासो आएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलसहितको अनुगमन टोली उद्योगमा पुगेर लिखित निर्देशन दिएको थियो ।

‘कोशी ग्यासको सिलिन्डरको शिलप्याक गरिएको ¥यापिङ्ग कमजोर भेटिएपछि १५ दिनको सुधार गर्न निर्देशन दिएको हो,’ वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख पोखरेलले भन्नुभयो, ‘छठपछि सुधार गर्ने भनेको उद्योगले अहिलेसम्म सुधार नगरेको भए पुनः जानकारी लिएर थप कानूनी प्रक्रिया अगाडि बढाउँछौं ।’

कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले पुरानो ¥यापिङ्ग हटाएर नयाँ मजबुत खालको ¥यापिङ्गको सामाग्री मगाएकोले थप केही दिन समय लाग्ने बताउनुभयो । सजिल्लोसँग चोरी हुन नदिन दरिलो खालको शिलप्याक गर्न ¥यापिङ्ग भारतदेखि मगाएका उहाँको दावी छ ।

बिहिबार, ०२ पुष, २०७७, बिहानको १०:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर