मोरङमा प्रधानाध्यापकको गोली हानी हत्या

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना प्रधानाध्यापकको गोली हानी हत्या भएको छ ।

मिक्लाजुङ १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको अवस्थामा मंगलबार विहान शव भेटिएको हो ।

श्रेष्ठको शव मिक्लाजुङ १ बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ ।

बिहान सवा ६ बजेतिर ४/५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको एसपी खड्काले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

मङ्गलबार, २३ मंसिर, २०७७, बिहानको ११:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर