विराटनगर । मोरङ व्यापार संघद्वारा सञ्चालित प्याथोलोजी ल्याब कटहरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
कटहरीलगायत आसपासका गाउँपालिकाहरुका बासिन्दाहरुलाई लक्षित गरी सामान्य चेकजाँच गराउन विराटनगर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न संघले ल्याब हस्तान्तरण गरेको हो ।
सोमबार संघका अध्यक्ष प्रकाश मून्दडा, पूर्वअध्यक्ष महेशकुमार जाजू र कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सो ल्याबको उद्घाटन गर्नुभयो ।
सर्वसाधारणको सरल र सहज तरिकाबाट पहुँच पु¥याउने अभिप्रायले व्यापार संघले आफ्नो स्वामित्वमा रहेको स्वास्थ्य सम्बन्धी चेकजाँच गर्ने ल्याब गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनुपम राठी, कार्यकारी सदस्यहयरु विनित सिंघानियाँ, दिपेश सुवेदीसहितको उपस्थिति रहेको संघले जनाएको छ ।