विराटनगर । आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेका सुनसरीको चतरामा बस्ने सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।
सोमबार जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका गिरीको तर्फबाट वकिलहरुको मात्र एकतर्फी बहस सुनेपछि सफाइ दिएको हो ।
जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलका अनुसार अभियोग दाबी नपुगेकाले अदालतले गिरीलाई सफाइ दिएको हो ।
सो मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले भने अदालतमा निवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालययको निवेदन दर्ता नगरी अदालतले गिरीलाई सफाई दिएको हो ।
बलात्कार मुद्धामा थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्दा पुगेकोमा गत साता मात्र सर्बोच्चले उनलाई थुनामै राखेर पुर्पपक्ष गर्न आदेश दिएको थियो । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाईमा पनि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गरेकोमा उच्च अदालत विराटनगरले थुनामा पठाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयबाट सर्बोच्चमा बहसको क्रममा मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएकोले सोमबारको पेशी सार्न सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो ।
आफूहरुसँग मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको तर सुनुवाई नभएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले जानकारी दिनुभयो ।
सोमबारको इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरेको, दर्ता फाट र श्रेस्तेदारलाई बुझाउदा पनि पत्र नबुझेपछि सरकारी वलिक बहसमा नगएको उहाँको भनाइ छ । सरकारी वकिलको कार्यालय मिसिल आएपछि बहस गर्न केही समय माग गरेकोमा अदालतबाट सुनुवाई नगरी एकतर्फी बहस सुनेर फैसला भएको जनाएको छ ।
गिरीको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएकोले अहिले बहस गर्न मिसिल आवश्यक परेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
वावाको हकमा सही ईन्साफ भएको जस्तो लाग्यो । यदी यसो नहुनेहो भने नेपालमा कुनैपनि पुरुष सुरक्षीत नहुने छांट छ । पुरुष जती सवै वलत्कारी हुन यीनीहरु वाट जहिलेसुकै योन हिंसा हुन्छ भन्ने सोच गलत हो जहांसम्म जवरजस्ती भन्ने कुरा छ त्यो परिस्थीतीजन्य प्रमाणहरु वाट पुष्टी हुने कारण नभै कारवाही हुनु ,घटना भएको महिनौ ैपछि मुद्दा दर्ता गरीनु,जवरजस्ती गरीएको भनीएकोमा पाउनुपर्ने सम्भावीत सवुद प्रमाण सवै नष्ट भै सक्ने गरी कानुनी हदम्याद हुनुले कतीपय सहमतीमा भएका घटनाहरुमा पुरुषहरु पीडीत भएका जेल नेल र अडृा अदालतको चक्कर परी अन्यायमा परेका घटनाहरु दिनानुदीन समाजमा देखीएकाछन ।