बन्चरो प्रहार गरी आमाको निर्मम हत्या

दमक । झापाको कमल गाउँपालिका ७ बाह्रघरेमा एक युवकले आमाको हत्या गरेका छन् ।

आइतबार राति ८ बजेतिर ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले ५० वर्षीया आमा मिराको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका दिनेश र आमा मिराबीच झगडा भएको प्रहरीले बताएको छ । झगडा गर्ने क्रममा दिनेशले घरमा रहेको बन्चरो र ढुंगाले टाउको र खुट्टामा प्रहार गर्दा आमा मिराको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाका अनुसार दिनेशलाई तत्कालै इलाका प्रहरी कार्यालय दमकको टोलीले नियन्त्रणमा लिएको छ ।

सोमबार, २९ भदौ, २०७७, बिहानको ११:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर