प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना देखिएपछि महानगर बन्द

विराटनगर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीमा कोरोना देखिएपछि महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै सोमवारदेखि महानगर बन्द गरिएको हो ।

पोखरेल कोरोना संक्रमित भएपछि सोमबारदेखि असोज २ गतेसम्म पाँच दिनका लागि महानगरपालिका बन्द गर्ने निर्णय भएको छ ।
महानगरका २ वडा अध्यक्षलाई यसअघि नै कोरोना देखिएको थियो भने सोमबार पोखरेल र एक नगर प्रहरीमा पनि कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो। सो अवधिमा स्वास्थ्य, सफाई र बारुणयन्त्र जस्ता अत्यावश्यक सेवा मात्र खुल्नेछन् । महानगरका सबै कर्मचारी होम आईसोलेसनमा बसेका छन ।

आइतबार, २८ भदौ, २०७७, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर