रिङ्कीको हत्या भएको भन्दै अनुसन्धान गर्न परिवारको माग

विराटनगर । सुनसरीको देवागञ्ज गाउँपालिका –३ की २२ वर्षीय रिङ्की मेहताको शंकास्पद मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष छानविन गरि दोषिलाई कारवाहीको दायरमा ल्याउन माग राखेका छन् । मृतकका आफन्तले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि यस्तो माग राखेका हुन् ।

भदौ ५ गते रिङ्कीले देवागञ्ज गाउँपालिका–४ रमेशकुमार मेहताको घरको बरन्डामा झुण्डिएको अवस्थामा रिङ्कीको शव फेला परेको थियो । रिङ्कीका बाबु जयकिशोर महतोले छोरीको मृत्यु शंकास्पद देखिएकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कडा कारवाही हुनुपर्ने बताउनुभयो ।

भदौ ३ गते छोरीलाई रमेशले अपहरण शैलीमा भगाएको बाबु जयकिशोरको आरोप छ । ‘छोरीको अर्को केटासँग विवाहको कुरा चलिरहेको थियो,’ जयप्रकाशले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘छोरीलाई अपहरण शैलीमा भगाएको दुई दिन बित्न नपाउँदै शव देख्नुप¥यो ।’

कर्तब्य गरेर मारेको भएपनि घटनालाई आत्महत्या देखाउने प्रयास गरेको परिवारको आरोप छ । ‘छोरीलाई अपहरण शैलीमा भगाएको दिन रमेशले घरमा ल्याएका रहेछन् । त्यसदिन रमेशसहितका परिवारले मलाई छोरीसँग भेट्न पनि नदिइ फर्कायो,’ रिङ्कीका बाबु जयप्रकाशले भन्नुभयो, ‘यसरी मलाई भेटन नदिएपछि म आफनो घर फर्किए । त्यसको भोेलिपल्ट छोरी झुण्डिएको अवस्थामा शव भेटिएको खबर सुन्दा स्तब्ध भए ।’

आरोपीलाई हाजिर जमनातमा छोडियो
रिङ्कीको शंकास्पद मृत्यु भएकोले १० भदौमा मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुनसरीमा अनुसन्धान गरि दोषीलाई काराबाहीको माग राख्दै ठाडो उजुरी दर्ता गराएका थिए । प्रहरीमा उजुरी दिएको भएपनि अहिलेसम्म आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान नगरेको उनीहरूको आरोप छ ।

‘घटना भएको दिन प्रहरीले रमेशलाई नियन्त्रणमा लिएको चार दिनपछि ९ भदौमा छोडिदियो,’ रिङ्कीका दाजु जयप्रकाशले मेहताले भन्नुभयो, ‘अनुसन्धान पूरा नगरी आरोपीलाई यसरी छोडिदिदा हामीले न्याय नपाउने हो भन्ने महसुस हुन थालेको छ ।’ आरोपी बाहिर गएपछि प्रमाण लोप गराउन सक्ने उनीहरूको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले ठाडो उजुरी परेकोले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘सबै कोणबाट हामीले अनुसन्धान गर्दै आएका छौं,’ उहाँले भन्नुभयो, ‘पोष्मार्टम रिपोर्ट पनि हेरेर अनुसन्धान अगाडी बढाएका छौं ।’ घटनमा नियन्त्रणमा लिएकालाई हाजिर जमानतमा छोडिएको भएपनि अनुसन्धान प्रक्रिया नरोकिएको एसपी थापाको भनाई छ ।

आइतबार, २१ भदौ, २०७७, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर