कोशी मृत्यु भएकी अर्की महिलाको रिपोर्ट नेगेटिभ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शनिबार बिहान मृत्यु भएकी वृद्धाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगर ९ की ७० वर्षीय लालदेबि खातुनको प्रदेश जनस्वास्थ्य ल्याबमा गराएको स्वाब परीक्षण रिपोर्ट शनिबार २ बजे नेगेटिभ आएको हो ।

रिपोट नगेटिभ आएपछि अस्पतालले वृद्धा महिलाको शव परिवारलाई जिम्मा लगाएको छ । ज्वरो र स्वास्वप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आकस्मिक कक्षमा शनिबार विहान भर्ना गरिएकी उनको केही समयपछि मृत्यु भएको थियो ।

महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले अस्पतालले स्वाब संकलन गरि परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशलामा पठाएको थियो ।

शनिबार, २० भदौ, २०७७, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर