विराटनगरमा संक्रमण बढ्यो, शुक्रबार ६० जनामा कोरोना

विराटनगर । पछिल्लो केहि दिनयता विराटनगरमा कोरोना संक्रमितको संख्या घट्दै गएकोमा शुक्रबार फेरि उकालो लागेको छ ।

शुक्रबार मोरङमा ७० जना कोरोना संक्रमित पहिचान भएकोमा विराटनगरका ६० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा प्रदेश १ मा अहिलेसम्मकै सबैभन्दा धेरै १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

मोरङमा ७० जना संक्रमित भेटिएकोमा विराटनगरमा २५ महिला र ३५ जना पुरुष गरि ६० जना छन् । विराटनगरमा २ साता लामो निषेधाज्ञापछि संक्रमणदर कम भएको निश्कर्ष निकाल्दै निषेधाज्ञालाई खुकुलो बनाइएको बेला संक्रमण बढेको हो ।

विराटगरमा शुक्रबार संक्रमण पुष्टि भएकामध्ये वडा नम्बर १ का ७ जना, २ का ७ जना, ३ का २ जना, ४ का ५ जना, ५ का २ जना र ६ का ४ जना छन् । यस्तै ८ र १० मा ७–७ जना, ११ मा २ जना, १२ मा ४ जना र १५ मा ८ जनामा संक्रमण देखिएको छ ।

विराटनगरबाहेक मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार १७० पुगेको छ । अहिलेसम्म कोरोनाबाट महानगरमा १२ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार, १९ भदौ, २०७७, दिउँसोको ०४:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर