विराटनगर । विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मंगलबार राती मृत्यु भएको छ ।
विराट टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा विराटनगर ११ घर भएकी ४४ वर्षिय कोरोना संक्रमीत महिलाको मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार साझ ७ बजे विराट टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । विरामीको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्स्न तथा छातीरोग विशेषज्ञ डा.पुरु कोरोइलाले जानकारी दिनुभयो ।
‘श्वासप्रश्वासमा समस्या भएपछि आएकी विरामीलाई आकिस्मिक कक्षमा भर्ना गर्दा अक्सिजनको मात्र कम थियो,’ डाक्टर कोइरालाले भन्नुभयो, ‘हामीले भेन्टिलेरमा राखेर उपचार गर्ने क्रममा मृत्यु हुनपुग्यो ।’ संक्रमतिलाई मंगलबार कोशी अस्पताल लगेपछि थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटल लगिएको थियो ।
कोशीमा स्वाब दिएपछि थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटल ल्याएको अस्पतालका प्रशासन प्रमुख सुधिर रोठोरले जानकारी दिनुभयो । संक्रमितको मृत्यु भएपछि कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको अस्पतालले जनाएको छ । योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये २ महिला र ९ पुरूष छन् ।