विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार एकैदिन थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगरमा गएको २४ घण्टामा अहिलेसम्मकै धेरैमा संक्रमण देखिएको हो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १०५ जना संक्रमित पुष्यिट हुँदा विराटनगरमा ९६ जना छन् । विराटनगरका जसमा ३१ महिला र ६५ पुरुषमा संक्रमण देखिएको छ । मोरङकै बुढीगंगामा २ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६९१ पुगेको छ । जसमध्ये ९३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।