विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।
मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि शनिबार राति अस्पतालमा भर्ना भएका पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्दा सोमबार बिहान उनको पोजेटिभ रिपोर्ट आएको थियो ।
‘अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ अस्पतालले भन्यो, ‘उपचारको क्रममा मृत्यु हुनपुग्यो ।’ कोशी अस्पतालमा यसअघि ७ जना कारोना संक्रमितको मृत्यु भइसकेको छ । योसँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।
यसअघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १÷१ जना, मोरङ रंगेलीका १ जना, सुनवर्षीका १ जना र बुढीगंगाका १ जनाको मृत्यु भइसकेको छ ।