लेनदेन विवादपछि बलात्कारको आरोप : आरोपी पूर्वप्रहरी धरौटीमा रिहा

विराटनगर । शरिर बन्धक र जवरजस्ती करणी मुद्दामा पक्राउ परेका प्रहरीका पूर्वसई विराटनगर १२ का ५८ वर्षीय नयनकुमार श्रेष्ठ ५ लाख रुपैयाँ धरौटिमा छुटेका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालाशले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटिमा छोड्न आदेश दिनुभएको हो ।

अदालतको आदेशपछि श्रेष्ठले ५ लाख रुपैयाँ धरौटी रकम बुझाएर आइतबार छुटेको मोरङ अदालतका निमिक्त श्रेस्तेदार युवराज पौडेलले जानकारी दिनुभयो । विराटनगर ४ की ३६ वर्षीया महिलालाई श्रेष्ठले गत ३ फागुन र ३ चैतमा विराटनगर ५ स्थित मुनालपथमा रहको काठमाडौं सेक्युरिटी अफिस कोठामा भेट्न बोलाएर जवरजस्ती करणाी गरेको आरोप लागेको थियो ।

पीडितले असार १६ गते उजुरी दर्ता गराएपछि श्रेष्ठ साउन २६ गते पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि साउन २४ गते मोरङ अदालतमा अभियोग दर्ता गरेको थियो ।

प्रहरीका पूर्वसईले बलत्कार गरेको दाबीसहित उजुरी दिएकी महिलाले यसअघि पनि एक जना बैंकका कर्मचारीले बलात्कार गरेको भन्दै २३ साउन २०७६ मा इलाका प्रहरी कार्यालय रंगेली उजुरी दिएकी थिइन् । बैंकबाट ऋण दिलाइदिन्छु भन्दै एक जना बैंकका प्रमुखले २०७५ चैत २६ गते आफू बलात्कार गरेको दाबी गर्दै उजुरी इप्रका रंगेलीमा उजुरी दर्ता गरिन् ।

उजुरी दर्ता भएपछि प्रहरले तत्कालिन नेपाल बंगलादेश बैंकका धनपालथान गाउँपालिका कर्सिया शाखा प्रमुख ४५ वर्षीय अमित बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अुनसन्धान प्रतिवेदन पुरा गरि सरकारी वकिलको कार्यालय मार्फत अभियोग दर्ता गरि अदालतको आदेशले बाँस्तोला अहिले पूर्पक्षको लागि थुनामा छन् ।

जवरजस्ती करणी आरोप लगाएकी महिलालाई नयन श्रेष्ठले पटक–पटक गरी ३ लाख रुपैयाँ रकम दिएको बयानको क्रममा बताएका छन् । ‘मुद्दा नहाल्ने भन्दै महिलाले १० लाखबाट घटेर ५ लाख दिने सहमति भएको थियो । पहिलो चरणमा १ लाख ७५ हजार र दोस्रो चरणमा २ लाख २५ हजार रुपैयाँ दिएकोमा लकडाउनले गर्दा २ लाख रुपैयाँ बुझाउन नसक्दा प्रहरीमा उजुरी हालेको रहेछ,’ नयनले दिएको बयानमा उल्लेख छ ।

सोमबार, ०१ भदौ, २०७७, दिउँसोको ०३:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर