नोबेलका नर्ससहित विराटनगरमा थप ४० जनालाई कोरोना

विराटनगर । विराटनगर महानगरपालिकाभित्र शनिबार ४० जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २१ पुरुष र १९ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित थपिएसँगै महानगरमा कोरोना संक्रमितको संख्या ४ सय ८२ पुगेको छ ।

विराटनगरमा देखिएका संक्रमितमध्ये एक जना विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्स पनि छन् । ती नर्ससहित नोबेलमा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ ।

शनिबार थपिएका संक्रमितमध्ये विराटनगर ३ र ९ वडाका ७/७ जना छन् । यस्तै विराटनगर १६ का ४ जना, ६ का ६ जना र ११ का ३ जनामा संक्रमण देखिएको छ । विराटनगर १ मा २ जना, २ मा १ जना, ५ मा ३ जना, १७ मा २ जना तथा विराटनगर ८, १०, १३ र १५ मा १/१ जनामा संक्रमण देखिएको छ । एक जनाको वडा खुलेको छैन ।

महानगरमा कोरोनाबाट अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । कोरोनामुक्त हुनेको संख्या ७६ रहेको छ ।

शनिबार, ३१ साउन, २०७७, दिउँसोको ०४:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर