विराटनगर । समुदायमा कोरोना फैलिएको विराटनगर महानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन थप भएको छ ।
महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको बिहीवार बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लगाएको लकडाउन भदौ ५ गतेसम्मको लागि लम्ब्याएको हो ।
तत्कालको लागि एक साता लकडाउन थप भएको जानकारी दिँदै महानगर प्रमुख भीम पराजुलीले अत्यावश्यक बाहेकका सबै सेवा सो अबधिमा बन्द गरिने बताउनुभयो । संक्रमित धेरै देखिएको क्षेत्रलाई शिल गरेर परीक्षणको दायरा बढाउनेगरी पनि सो अबधिमा काम गर्ने महानगरले जनाएको छ ।
विराटनगरमा बिहीबारसम्म ४१५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
ताजा खबर को लागि धन्यवाद।