विराटनगर । कोरोना संक्रमणसँग लक्षण मिल्ने एक जना विरामीको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएको छ ।
विराटनगर १५ का ३० वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार ४ः३० बजे मृत्यु भएको हो ।
ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो ११ बजे अस्पतालको आइसोलनमा भर्ना भएका विरामीको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता तथा आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारयण यादवले जानकारी दिनुभयो । ‘स्वासप्रश्वासमा समस्या भएपछि हस्पिटलको आइसोलेनमा राखेर उपचार भइरहेको थियो,’ उहाँले भन्नुभयो, ‘उपचारको क्रमममा मृत्यु भएको छ ।’
कोरानासँग मिल्ने लक्षण पनि मृतकमा देखिएपछि स्वाब संकलन गरि परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ । ‘मृतकको स्वाब संकलन गरि परीक्षण गर्न प्रदेश जनस्वास्थ्य ल्याबमा पठाएका छौं,’ डा. यादवले भन्नुभयो, ‘ केहि समयपछि रिपोर्ट आउनेछ ।