सञ्जेललाई कुट्ने दुई महिला धरौटीमा रिहा

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई महिला कर्मचारी १६ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कार्यलयकै सहायक पदमा कार्यरत नेत्रकुमारी भट्टराई र मेनुका कोइराला जनही ८/८ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका ह्ुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको इजालसले पक्राउ परेका महिला कर्मचारीहरूलाई धरौटीमा छोड्न आदेश दिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता धु्रबबहादुर खड्काले जानकारी दिनुभयो । प्रशासनले धरौटीमा छोड्न आदेश दिएपछि उनीहरु थुनामुक्त भएका हुन् ।

कार्याललय सहयोगी पदमा करारमा कार्यरत दुई जना महिला कर्मचारीले साउन १७ गते शनिबार सञ्जेललाई कुटपिट गरेका थिए । उनीहरुलाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि मोरङ प्रहरीले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको थियो ।

दुई महिला कर्मचारीहरूले सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएकोले असैह्य भएर कुटपिट गरेको बताएका छन् । उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको थियो ।

सञ्जेलले भने दलालको इसारामा आफूमाथि कुटपिट भएको बताउँदै आएका छन् । कुटपिट प्रकरणपछि सञ्जेलले उनीहरुको करार नियुक्त खारेज गरेका छन् ।

बुधबार, २८ साउन, २०७७, दिउँसोको ०३:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर