नोबेलका संक्रमित चिकित्सकलाई काठमाडौं लगियो

निमोनिया भएपछि थप उपचारको लागि शिक्षण अस्पतालमा भर्ना

विराटनगर । कोरोना संक्रमण पुष्टि भएका विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सकको अवस्था गम्भीर बनेपछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।

कोरोना संक्रमित पुष्टि भएका चिकित्सकमा निमोनिया भई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित टिचिस हस्पिटल सोमबार भर्ना गरिएको हो ।

नोबेलकै आइसोलेनमा रहेका चिकित्सकको स्वास्थ्यमा थप समस्या देखिएपछि एम्बुलेसमा हालेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारको लागि पठाएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । हस्पिटलको कोभिड उपचार केन्द्रमा भर्ना भएका एक जना डाक्टरको आइसियुमा उपचार भइरहेको त्रिवि शिक्षण अस्पताल कोभिड १९ नियन्त्रण समन्वय समितिका सयोजक प्रा.डा. सन्तकुमार दासले जानकारी दिनुभयो । अर्का चिकित्सकलाई आइसोलेनमा राखेर उपचार भइरहेको उहाँको भनाइ छ ।

‘आइसियूमा भर्ना भएका चिकित्सकमा कोभिडि निमोनिया र ज्वरो आएर स्वासप्रश्वासमा समस्या भएपछि हामीले आइसियूमा राखेर उपचार गर्दै आएका छौं,’ प्रा.डा. दासले भन्नुभयो, ‘आइसियूमा राख्दा अक्सिजनको सपोर्ट चाहिन्छ, त्यसै अनुसार उपचार भइरहेको छ ।’

गत शनिबार नोबेलका दुई जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित दुवै जना ‘रेसिडेन्ड’ डाक्टर रहेको बुझिएको छ । उनीहरू नोबेल मेडिकल कलेजमा एमडी तेस्रो बर्षमा अध्ययरत छन् ।

नोबेलमा कन्ट्रयाट टे«सिङ गरि संक्रमितको सम्र्पकमा आएकाहरूका तीन चरणमा गरि २ सय २४ जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आइसकेको छैन ।

बुधबार, २८ साउन, २०७७, दिउँसोको १२:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर