विराटनगरमा पत्रकारसहित २३ संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकामा पछिल्लो १२ घण्टामा एक पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार राति गरिएको पीसीआर परीक्षणमा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी र संवाददाता जितेन्द्र ठाकुरसहित २३ जनामा कोरोना पुष्टि भएको हो । भण्डारीसहित विराटनगरमा कोरोना संक्रमित हुने पत्रकारको संख्या ६ पुगेको छ ।

थपिएका संक्रमितमा सबैभन्दा धेरै विराटनगर–१७ का ७ जना छन् । यस्तै विराटनगर–३ मा १ जना, ५ मा ४ जना,, ६ मा ३ जना, ७ मा १ जना, ८ मा ३ जना, ९ मा २ जना, १५ मा १ जना संक्रमित भेटिएका छन् । संक्रमितहरु २ जना ४ वर्षकादेखि ८० वर्षसम्मका छन् । सोमबार दिउँसो ९ जनामा संक्रमण देखिएको थियो ।

योसँगै विराटनगरमा ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ सय ६ पुरुष र १ सय ७ महिला छन् । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

दुई जनाको मृत्यु भएको विराटनगर ९ मा सबैभन्दा धेरै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरको बजार क्षेत्र समेटिएको ९ नम्बर वडाको गुद्रीमा संक्रमितको संख्या धेरै देखिएपछि आइतबार रातिबाट सो क्षेत्र शिल गरिएको छ ।

हालसम्म विराटनगर–१२ मा ४१ जना, ६ मा २९ जना, ५ मा २४ जना, ७ मा २४ जना, ३ मा २२ जना, २ मा १७ जना, ११ मा १६ जना, १० मा १५ जना, १७ मा १५ जना, १५ मा १४ जना, ८ मा १४ जना, ४ मा १२ जना, १३ मा ९ जना र १४ मा ६ जना संक्रमित फेला परेका छन् । यस्तै विराटनगर १, १६ र १८ मा १÷१ जनामा संक्रमण देखिएको छ भने विराटनगर–१९ मा हालसम्म कोरोना देखिएको छैन ।

मङ्गलबार, २७ साउन, २०७७, बिहानको ११:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर